काठमाडौँ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा करदाताबाट असुल हुन बाँकी बक्यौता रकम रु दुई खर्ब ७५ अर्ब पुगेको छ। यो रकम तीन लाख ३० हजार ९१२ करदातासँग बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार,
-
बक्यौता करदाताबाट रु ९४ अर्ब ९५ करोड,
-
प्रशासकीय पुनरावलोकनमा रहेका २,०९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुल हुन बाँकी छ।
सबैभन्दा बढी बक्यौता आयकर तर्फ रहेकाले कुल १ लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी छ।
त्यसैगरी—
-
मूल्य अभिवृद्धि कर : १,३७,२५३ करदाताबाट रु ४८ अर्ब ७० करोड
-
अन्तःशुल्क: ३६४ करदाताबाट रु ४ अर्ब ९ करोड
-
अन्य शीर्षकहरू: १,७७० करदाताबाट रु ३ अर्ब १५ करोड
बक्यौता असुली लक्ष्यमा कमजोर प्रगति
गत आर्थिक वर्षमा बक्यौता असुलीमा लक्ष्यअनुसार प्रगति न्यून देखिएको छ।
-
आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा ८ अर्ब ७१ करोड मात्र असुल, प्रगति ३८.२९%।
-
मूल्य अभिवृद्धि कर तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकामा १० अर्ब ३३ करोड असुल, प्रगति ६३.२८%।
बक्यौता समायोजनमा भने उल्लेख्य सुधार
-
आयकरतर्फ २७ अर्ब ३८ करोड लक्ष्यमा २१ अर्ब ३९ करोड प्रगति (७८.१%)।
-
मूल्य अभिवृद्धि कर तर्फ १८ अर्ब १७ करोड लक्ष्यमा २२ अर्ब २९ करोड असुल भई १२२.६३% प्रगति हासिल।
समग्रमा, बक्यौता रकम उच्च रहँदा पनि समायोजनतर्फ अपेक्षाकृत राम्रो प्रगति भएको विभागको प्रतिवेदनमा उल्लेख छ।




