अमेरिकाले नेपालसहित ३० देशका राजदूत फिर्ता बोलायो, ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीति कार्यान्वयन

अमेरिकाले नेपालसहित विभिन्न ३० देशमा कार्यरत आफ्ना राजदूत तथा केही वरिष्ठ कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ। अमेरिकी विदेश मन्त्रालयले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

फिर्ता बोलाइएका देशहरूमा नेपालका साथै अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी’आइभर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापु, पपुवा न्यु गिनी, फिलिपिन्स, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, ग्वाटेमाला र सुरिनाम रहेका छन्।

ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि उक्त कदम चालेको हो। यस निर्णयबाट सबैभन्दा बढी अफ्रिकी महादेशका देशहरू प्रभावित भएका छन्, जहाँका १५ देशका राजदूतलाई फिर्ता बोलाइएको छ।

सञ्चार माध्यमहरूका अनुसार ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण रूपमा समर्थन गर्ने व्यक्तिहरूलाई कूटनीतिक अग्रपंक्तिमा ल्याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यससँगै अन्य राजनीतिक नियुक्तिहरू पनि खारेज हुन सक्ने सम्भावना रहेको बताइएको छ।

समाचार एजेन्सी|

प्रतिक्रिया
सम्बन्धित खबर