४ माघ, काठमाडौं — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय, बनस्थली पुगेका छन्। उनी आजै औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा छन्।
बालेनसँगै जेनजी अभियन्ता सुदन गुरुङ पनि रास्वपा कार्यालय पुगेका छन्। पार्टी प्रवेशको अवसरमा रास्वपा केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको छ।
बालेन रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्नेछन्। त्यसपछि उनी पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूसँग जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ।
जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने तयारीसहित बालेनको राजनीतिक यात्राले नयाँ मोड लिएको भन्दै समर्थकहरू उत्साहित देखिएका छन्।




