सुदूरपश्चिममा भारी हिमपात: राजमार्ग बन्द, विधुत् सेवा अवरुद्ध

बैतडी — सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भएको भारी हिमपातका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् भने विधुत् सेवा समेत प्रभावित भएको छ।

बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएका हुन्। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन ठप्प बनेको छन्।

भारी हिमपातका कारण सडक मात्र होइन, विधुत् सेवा समेत अवरुद्ध भएको छ। “रातिको हिमपातले राजमार्ग र विधुत् सेवा दुवै ठप्प छन्। पुनः सञ्चालनका लागि पहल भइरहेको छ।

यस्तै, डडेल्धुराको साहुखर्क र हगुल्टेल क्षेत्रमा पनि हिमपात भएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ।

यस वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि किसानहरू भने उत्साहित भएका छन्। पछिल्ला चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेका थिए। हालको वर्षा र हिमपातले बाली सप्रिने आशा बढेको स्थानीय कृषकहरूआशावादी छन्।

तर, अत्यधिक चिसो बढेसँगै जनजीवन भने प्रभावित बनेको छ। यातायात, विधुत् तथा दैनिक गतिविधिमा समस्या देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर