नयाँ उचाइमा सुनचाँदीको भाउ — नेपाली बजारमा ऐतिहासिक रेकर्ड कायम

काठमाडौँ — नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ इतिहास रचेको छ। आइतबार सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार उकालो लागिरहेको सुनको मूल्यले अघिल्लो रेकर्डसमेत तोडेको हो। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ मा कारोबार भई रेकर्ड कायम भएको थियो। तर आइतबार सुनको भाउ बढेर प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला २ हजार ४ सय रुपैयाँले बढी हो।

यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। शुक्रबार प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार बढेर ६ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। चाँदीको भाउ एकैदिन प्रतितोला २ सय ९० रुपैयाँ ले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव पनि स्थानीय बजारमा देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९ सय ८९ अमेरिकी डलर मा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।

सुनचाँदीको भाउमा आएको यो निरन्तर वृद्धिले लगानीकर्ता तथा उपभोक्तामा चासो र चिन्ता दुवै बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर