आईसीसी पुरुष टी-२० विश्वकप २०२६ सुपर–८ मा आज न्युजिल्याण्ड र श्रीलंका आमनेसामने

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। खेल श्रीलंकाको कोलम्बोस्थित R. Premadasa Stadium मा बेलुकी सवा ७ बजे सुरु हुनेछ।

सुपर–८ को समूह ‘बी’ मा रहेका दुवै टोलीका लागि आजको खेल अत्यन्त महत्वपूर्ण छ। सेमिफाइनल सम्भावना कायम राख्न दुवैलाई जित अपरिहार्य जस्तै बनेको छ।

न्युजिल्याण्डको पहिलो खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानसँग अंक बाँडिएको थियो। यता, श्रीलंका भने आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो। समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने बाँकी एक स्थानका लागि न्युजिल्याण्ड, श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ।

आजको खेल जित्ने टोलीले सेमिफाइनल यात्रा बलियो बनाउनेछ। पराजित हुने टोलीका लागि भने अन्तिम चारमा पुग्ने सम्भावना कठिन बन्दै जानेछ।

प्रतिक्रिया
सम्बन्धित खबर