विदेशी मुद्रा विनिमय दर सार्वजनिक: अमेरिकी डलर १४८ रुपैयाँ नजिक

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यक परेमा यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिन्छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्ने बताइएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने पनि जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर