एकैदिन तोलामा ३६ सय रुपैयाँ उकालो लाग्यो सुन, प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ हजार ६ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ७ सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ३ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर