ढाकास्थित बशुन्धरा किंग्स एरेनामा सोमबार भएको निर्णायक खेलमा बंगलादेशले नेपाललाई ४–० ले हराउँदै SAFF U-20 महिला च्याम्पियनसिप 2025 को उपाधि जितेको छ। नेपालका लागि यो खेल जित्नैपर्ने थियो, तर घरेलु टोली बंगलादेश अपराजित रहँदै सबै ६ खेल जित्दै विजेता बन्यो।
नेपालका लागि जित्नैपर्ने खेलमा बंगलादेशले सबै पक्षबाट उत्कृष्ट प्रदर्शन गर्दै ४–० को सहज जित निकाल्दै SAFF U-20 महिला च्याम्पियनसिप 2025 को उपाधि उचालेको छ।
ढाकास्थित बशुन्धरा किंग्स एरेनामा सोमबार सम्पन्न खेलमा घरेलु टोलीले नेपाललाई पराजित गर्दै दोस्रोपटक लगातार उपाधि जित्यो। अघिल्लो संस्करण 2023 मा पनि बंगलादेशले नेपाललाई ३–० ले हराउँदै उपाधि जितेको थियो।
यसपटक बंगलादेशका लागि सागरिकाले चारै गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन्। यो प्रतियोगितामा सागरिकाको दोस्रो ह्याट्रिक हो, जससँगै उनले कुल ८ गोल गर्दै दोस्रो सर्वाधिक गोलकर्ता बनिन्। प्रतियोगिताकी सर्वाधिक गोलकर्ता भने नेपालकी पूर्णिमा राई भइन्, जसले १० गोल गरिन्।
पहिले भएको प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले नेपाललाई अन्तिम मिनेटमा गोल गर्दै ३–२ ले पराजित गरेको थियो।
अर्को खेलमा, भुटानले श्रीलंकालाई ५–० ले पराजित गर्दै प्रतियोगिता ६ अंकसहित समाप्त गर्यो। श्रीलंकाले एक खेल पनि जित्न नसक्दा अन्तिम स्थानमा रह्यो।




