जेनजी सहिदप्रति श्रद्धाञ्जलीसहित माइतीघरमा सामूहिक भाइटीका कार्यक्रम

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिहीबार काठमाडौँको माइतीघरमा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न गरिएको छ।

जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको उक्त कार्यक्रममा सहिद परिवार, आन्दोलनमा घाइते भएका युवाहरू र सहभागी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सहिदहरूलाई मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको र त्यसपछि उपस्थित युवायुवतीबीच भाईटीका आदानप्रदान गर्दै एकता, सम्झना र परिवर्तनको संकल्प व्यक्त गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर