रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिम — जिल्लाको बाँफीकोट गाउँपालिका–७ लिस्नेमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने १० जना घाइते भएका छन्।

आठबिसकोट नगरपालिकाको स्यालाखदीबाट जिल्ला सदरमुकाम मुसिकोट (खलंगा)तर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

मृतकहरूमा आठबिसकोट नगरपालिका–२ स्यालाका

  • ३० वर्षीया कमला वली,

  • १६ वर्षीय टेकजंग बुढा,

  • १५ वर्षीया दिलमाया बूढा,

  • १७ वर्षीया मनिका वली,

  • १८ वर्षीया शर्मिला विक,

  • २२ वर्षीय गोपाल वली रहेका छन्।

  • एक जनाको परिचय हालसम्म खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धान अनुसार सडक अस्थिरता र ब्रेक फेल हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर