विधुत प्राधिकरणको नाफा साढे एक अर्बले घट्यो

काठमाडौं, भदौ १ — नेपाल विधुत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब साढे एक अर्ब रुपैयाँले घटेको छ। आ.व. २०८१/८२ मा प्राधिकरणले ९ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको हो, जुन अघिल्लो वर्षको तुलनामा एक अर्ब ४६ करोड कम हो।

प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणअनुसार आ.व. २०८१/८२ मा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ। यो अघिल्लो आ.व. २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशत कम हो।

आ.व. २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ नोक्सानीमा पुगेको प्राधिकरण त्यतिबेलादेखि निरन्तर नाफामा रहँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर