एनपीएल : आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै

१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।

जनकपुर बोल्ट्सले प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो । तर, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै टोलीले पहिलो जित दर्ता गरेको थियो ।

यता, पोखरा एभेन्जर्सले भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो । त्यसैले पोखराका लागि आजको खेल प्रतियोगितामा पहिलो जित निकाल्ने अवसरका रूपमा रहेको छ ।

आजको प्रतिस्पर्धामा जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने पोखरा पहिलो जितको खोजीमा हुनेछ । यसले दुवै टोलीबीचको खेल रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर