१३ असोज, काठमाडौं । इस्लामिक संगठन हमासले आज सोमबार इसराइललाई मुक्त गर्न लागिएका २० जना जीवित बन्धकहरूको नामसूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
हमासले इसराइली पक्षलाई उक्त सूची बिहानै हस्तान्तरण गरेको बताइएको छ। सार्वजनिक नामसूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश गरिएको छैन।
सूचीअनुसार आज मुक्त हुने बन्धकहरूका नाम यसप्रकार छन्–
१. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो
हमास र इसराइलबीच बन्धकहरू मुक्त गर्ने सम्बन्धमा भइरहेको वार्ता अन्तर्गत आजको सूची दोस्रो चरणको रुपमा आएको बताइन्छ।




