नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिले अहिले रिक्त रहेका चार पद र आगामी तीन दिनभित्र रिक्त हुने एक पदसहित पाँच डीआईजी पदका लागि सिफारिस गरेको हो।

डीआईजीमा सिफारिस हुनेहरूमा एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर