रोल्वालिङ हिमशृङ्खलामा दुःखद दुर्घटना : हिमपहिरोमा परेर ५ विदेशीसहित ७ जनाको मृत्यु, ५ घाइते

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर र रोल्वालिङ हिमशृङ्खलामा आरोहणका लागि गएका टोलीमाथि आएको हिमपहिरोमा परेर ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रको यलुङरी हिमाल आधारशिविर नजिकै सोमबार बिहान गएको हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । सो घटनामा थप ५ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

मृतक र घाइतेहरूको विवरण भने अझै यकिन भइसकेको छैन । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार कार्य जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर