मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५,२०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज प्रतितोला छापावाला सुनको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य २ लाख ४२ हजार ७ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार प्रतितोला ३,११५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८५ रुपैयाँले बढेर ३,२०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार १ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




