काठमाडौँ, मंसिर ५ अमन आईपीएम ओभरसिज तथा सान्क्यू एजुकेशन सेन्टरद्वारा यही मंसिर ५ मा आयोजना गरिएको उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन नेपाल सरकारकी पूर्वमन्त्री तथा माननीय हरीप्रभा खड्कीज्यू द्वारा सम्पन्न गरिएको थियो।
उद्घाटन कार्यक्रममा जापानका २२ कम्पनीका २९ जना प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा जापानका विभिन्न क्षेत्रका सरोकारवाला, शैक्षिक व्यक्तित्व, आतिथ्य एवं व्यावसायिक प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता देखिएको थियो।
संस्थाको तर्फबाट आयोजित कार्यक्रममा जापानमा अध्ययन तथा रोजगारीका अवसर, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहयोग र भविष्यमा युवा क्षमता विकासका सम्भावनासम्बन्धी विषयमा संस्थाका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी प्रदान गर्नु भएको थियो।
समारोहका श्रेष्ठले नेपाल र जापानबीच शिक्षा तथा दक्ष जनशक्तिको क्षेत्रमा आपसी सहकार्यले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै संस्थाले आगामी दिनमा अझै प्रभावकारी रूपमा विद्यार्थी सहकार्य तथा टेवा पु¥याउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ।
सेन्टरका निर्देशक शिशिर कुमार शर्माका अनुसार संस्थाले विद्यार्थीलाई भाषा दक्षतासँगै व्यावहारिक सीप र रोजगारमूलक तालिममार्फत जापानमा अवसर हासिल गर्न सहयोग गर्दै आएको बताउनु भयो।संस्थामा एकै छानामुनि भाषा अध्ययनदेखि प्रशिक्षणसम्मको सुविधा उपलब्ध गराइएकाले विद्यार्थीहरूलाई छनोट, निर्देशन तथा तयारीमा सहजता मिलेको निर्देशक शर्माले बताउनु भएको थियो ।
समारोहको केही झलकहरु









