सुन फेरि साढे दुई लाख नाघ्यो, चाँदी पनि रेकर्ड नजिक

१२ मंसिर, काठमाडौं ।
देशभर सुन–चाँदीको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारित गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

गत एक सातामै सुनको मूल्य करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ। गत शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य यसअघि असोज ३१ गते छुन पुगेको २ लाख ५८ हजार रुपैयाँकै रेकर्डतिर फेरि नजिकिएको छ।

चाँदीको भाउ पनि उच्च स्तरमा पुगेको छ। महासंघले आजका लागि प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ, जुन असोज ३१ गते बनेको ३३५० रुपैयाँको रेकर्डभन्दा केवल पाँच रुपैयाँ कम हो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढेको हो। अघिल्लो दिन चाँदी प्रतितोला ३२८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर