२४ मंसिर, काठमाडौं ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिने भएको छ। बुधबार साँझ सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा मान्यता प्रदान गर्ने उल्लेख गरिएको छ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार गठन भए पनि औपचारिक सम्झौता तीन महिनापछि मात्र सम्पन्न भएको हो। आन्दोलनको ‘अपराधिकरण बढ्दै गएको’ जेनजी पक्षको गुनासो र निरन्तरको दबाबपछि सरकार र जेनजी दुवै पक्ष सहमत होतै औपचारिक रूपमा सम्झौता गर्न पुगेका हुन्।




