तराईमा बाक्लो हुस्सु, पहाड–हिमालमा मौसम प्रायः सफा

२६ पुस, काठमाडौं — देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहँदा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत केही असर देखिएको छ। यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी तराई क्षेत्रका केही स्थानमा पनि हुस्सु देखिएको छ।

आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो कायम रहने अनुमान गरिएको छ। यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर