काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाउँदै आजदेखि नयाँ मूल्यसूची लागू गरेको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १३६ रुपैयाँमा बिक्री हुनेछ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगमको सञ्चालक समितिले मूल्य समायोजन गरेको हो।
मूल्य घटेसँगै उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ भने निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार आवश्यक समायोजन गर्दै जाने जनाएको छ।




