स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा कमी आएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनको मूल्य रु दुई हजार ९०० ले घटेको छ भने चाँदी प्रतितोला रु ५० ले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच हजार ८७० कायम भएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९५ हजार १०० र चाँदी रु पाँच हजार ९२० थियो। मङ्गलबार सुन रु दुई लाख ८४ हजार ७०० तथा चाँदी रु पाँच हजार ८८० मा कारोबार भएको थियो।
गत आइतबार प्रतितोला सुन रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो भने सोमबार सुनको मूल्य बढेर रु दुई लाख ८२ हजार र चाँदी रु पाँच हजार ८१० पुगेको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ६९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ।




