१२ माघ, काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा दर्शन तथा पूजा-अर्चना गरेका छन्। आइतबार जनकपुर पुगेका शाहले सोमबार साँझ मन्दिरमा विधिपूर्वक पूजा गरेका हुन्।
मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए। पूजा अवसरमा उनका समर्थकहरू पनि मन्दिर परिसरमा उल्लेख्य संख्यामा उपस्थित रहेका थिए।
पूर्वराजा शाहको जनकपुर भ्रमणका क्रममा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।




