काठमाडौं — रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको भन्ने चर्चाबीच प्रहरीले प्रारम्भिक अनुसन्धानबाट त्यस्तो घटना नदेखिएको जनाएको छ।
काठमाडौं प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार घरको स्थलगत अवलोकन गर्दा चोरी वा तोडफोड भएको प्रमाण फेला परेन। घरको ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिए पनि सामान हराएको वा जबर्जस्ती प्रवेश गरी क्षति पुर्याइएको स्पष्ट संकेत भने नदेखिएको उनले जानकारी दिए।
“प्रहरीले घरको अवलोकन गर्दा चोरी भएको देखिएन। ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिएको छ, तर चोरी भएको पुष्टि हुने अवस्था छैन,” डीएसपी बुढाथोकीले बताएका छन्।
प्रहरीले घटनाबारे थप तथ्य पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।




