खोटाङबाट प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का तर्फबाट हरि रोक्काले उम्मेदवारी दर्ता गराए संगै चुनाबी प्रचार प्रसारमा ब्यस्त हुनुहुन्छ। अर्थशास्त्रमा पी.एच.डी. उपाधि हासिल गरेका र लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका रोक्काको उम्मेदवारी सँगै जिल्लाको राजनीतिक माहोल थप तताएको छ।
उम्मेदवारी दर्तापछि आयोजित बिभिन्न कार्यक्रममा बोल्दै रोक्काले खोटाङको समग्र विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण र पारदर्शी सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए। “समृद्ध खोटाङ, आत्मनिर्भर खोटाङ” भन्ने नाराका साथ मैदानमा उत्रिएका उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
अर्थविद् पृष्ठभूमिका कारण नीति निर्माण र बजेट व्यवस्थापनमा दक्षता देखाउने विश्वास व्यक्त गर्दै उनले भने, “अबको नेतृत्व विकास र परिणाममुखी कामका लागि हुनुपर्छ।” सामाजिक कार्यमार्फत जिल्लाका दुर्गम बस्तीमा शिक्षा सहयोग, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अनुभवलाई पनि उनले आफ्नो बलियो पक्षको रूपमा प्रस्तुत गरे। बिगत केही बर्ष देखी काठमाण्डौको बसाई छाडेर गउमै कृषी पेसा गर्दे आउनु भएको रोक्काले आफु लगाएत अन्य कृषकले उब्जाएको अन्न बालीलाई गाउकै बजारीकरण गर्दै आउनु भएको छ । कृषकहरुको गुनासो राम्ररी सुन्ने बोद्धिक बिचार भएको रोक्कालाई एक चोटी सोही क्षेत्रको मानिसले मतदान गरि जिताउनु पर्ने स्थानीय “मिलन श्रेष्ठ” बताउनु हुन्छ ।
उनका समर्थकहरूले “विकासको नयाँ लहर, हरि रोक्काको नेतृत्वमा अघि बढौं”, “इमानदार नेतृत्व, समृद्ध भविष्य” जस्ता नारासहित चुनावी प्रचारलाई तीव्र बनाएका छन्। स्थानीय तहमा आर्थिक सम्भावनाको पहिचान, पर्यटन प्रवर्द्धन र युवा लक्षित कार्यक्रममार्फत खोटाङलाई समृद्ध बनाउने उनको योजना रहेको बताइएको छ।
खोटाङमा यसपटकको निर्वाचनमा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ भने हरि रोक्काको उम्मेदवारीले मतदातामाझ नयाँ आशा र बहस सिर्जना गरेको छ।




