आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने

काठमाडौं, २३ चैत — मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम थियो भने जाडोयाम (कात्तिक १६ देखि माघ १५ सम्म) मा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सेवा दिइँदै आएको थियो।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो। उक्त निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ।

उल्लेखनीय छ कि यसअघि पनि २०७९ साल जेठ १ गते तत्कालीन सरकारले बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास लागू गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर