राष्ट्रपतिद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मंगलबार उनले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी अधिवेशन बोलाएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार नेपालको संविधानको धारा ९३ (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो।

यसअघि मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो। यही अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर