संसदमा भोलि अर्थमन्त्रीद्वारा वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिने

संघीय संसद अधिवेशन २०८३ अन्तर्गत संयुक्त बैठकमा भोलि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक आय–व्यय विवरण (बजेट) प्रस्तुत गर्ने भएका छन्। संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बैठक शुक्रबार बिहान ४ बजे बस्नेछ।

सरकारले प्रस्तुत गर्ने बजेटमा आर्थिक सुधार, विकास निर्माण, रोजगारी सिर्जना, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षको बजेटले देशको आर्थिक दिशा निर्धारण गर्ने भएकाले राजनीतिक तथा आर्थिक क्षेत्रको विशेष चासो रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर