पोखरा र भैरहवा विमानस्थलसहित ६० अर्ब भ्रष्टाचार,

नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य संरचना निर्माणमा देखिएको करिब ६० अर्ब रुपैयाँ बराबरको अनियमितताबारे अख्तियारले दुई वर्ष बित्दा पनि अनुसन्धान टुंग्याएको छैन। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा विमानस्थलमा मात्रै कम्तीमा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। लागत मनपरी रूपमा ६ अर्ब ५६ करोडले बढाइने, २ अर्ब २२ करोड कर छुट फिर्ता गरिने, र छिनेडाँडा कटानमा ३२ करोड अतिरिक्त भुक्तानजस्ता अनियमितता भेटिएका छन्। उपसमितिले निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीसहित ८ जनामाथि कारबाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर