काठमाडौं । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन प्रतितोला ५ हजार २४० रुपैयाँ थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण गरिने जनाएको छ।




