आईसीसी पुरुष टी-२० विश्वकप: आज दुई निर्णायक खेल, एक टोलीको यात्रा टुंगिने निश्चित

आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ चरणको समूह ‘ए’ मा आज दुई महत्वपूर्ण खेल हुँदैछन्। दुवै खेल भारतमा आयोजना हुनेछन् र नतिजाले सेमिफाइनल समीकरण स्पष्ट पार्नेछ।

पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अपराह्न सवा ३ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि सेमिफाइनल यात्रा सुनिश्चित गर्ने अवसर हुनेछ।

दुवै टोलीले पहिलो खेलमा प्रभावशाली जित हात पारेका थिए। वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो। आजको खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ, जबकि पराजित टोलीको सम्भावना अझै बाँकी रहनेछ।

साँझ सवा ७ बजे दोस्रो खेलमा भारत र जिम्बाब्वे भिड्नेछन्। चेन्नाईस्थित एम. ए. चिदम्बरम रंगशालामा हुने यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजयी टोलीको भने सेमिफाइनल पुग्ने आशा जीवित रहनेछ।

यसअघि समूह ‘बी’बाट श्रीलंका बाहिरिसकेको छ, जसले प्रतियोगितालाई झनै प्रतिस्पर्धात्मक बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर