काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ।
सीआइबीका एआइजी मनोज केसीका अनुसार खड्कालाई आज बिहान महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा आगजनी हुँदा नेपाली रुपैयाँसँगै विभिन्न विदेशी मुद्रासमेत फेला परेको थियो। साथै, नेपाल स्काउटको जग्गा हिनामिनासम्बन्धी आरोपसमेत उनीमाथि लाग्दै आएको छ।




