आज सुनको मूल्य प्रतितोला रु १,६०० ले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज सुन प्रतितोला रु १,६०० ले बढेको छ भने चाँदी पनि प्रतितोला रु ६० ले महँगिएको छ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला रु २ लाख ८५ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला रु २ लाख ८७ हजार १०० पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला रु ४ हजार ३५० मा कारोबार भएको चाँदी आज रु ६० ले वृद्धि भई प्रतितोला रु ४ हजार ४१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर