जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्न आदेश, ३२ जना धरौटीमा छुटे

काठमाडौँ — चैत १५ गते काठमाडौँको तीनकुनेमा  हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।  प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसमध्ये ११ जना यसअघि नै धरौटी छाडिएको थियो । ५० जनामध्ये उपस्थितहरूको बयान र थुनछेक बहस पछि अदालतले यो निर्णय गरेको हो । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ ।

तीन कुनेको प्रदर्शन  अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित खबर