१६३ जना अमेरिकाबाट डिपोर्ट

काठमाडौँ — अमेरिकाले छ महिनामा १६३ जना नेपालीलाई डिपोर्ट गरेका छन । जसमा अधिकांश निष्कासित हुनेमा दाङ र रुकुमका  पाइएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता त्यहाँबाट ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका १ सय ६३ नेपालीमध्ये तीन जिल्ला दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका सबैभन्दा बढी छन् । ‘डिपोर्ट’ हुनेको संख्या पनि पश्चिम नेपालकै बढी छ ।

प्राप्त विवरण अनुसार ‘डिपोर्ट’ भएर आएका दाङका ५१ जना, पश्चिम रुकुमका ३० जना र पूर्वी रुकुमका १३ जना छन् । यसैगरी सल्यानका ९, म्याग्दीका ७, पर्वत, बाँके र रोल्पाका ६/६ जना, बागलुङका ५ र सिन्धुपाल्चोकका ४ जना  जाजरकोट र दोलखाका ३/३ जना, कास्की र कैलालीका २/२ जना तथा कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका १/१ जना गरि जम्मा १६३ जनालाई  अमेरिकाले ‘डिपोर्ट’ गरेको हो ।

‘डिपोर्ट’ भएका अधिकांशले संगठित गिरोहलाई मोटो रकम बुझाएर तल्लो बाटो हुदै ३ देखि ६ महिना लगाएर  अमेरिका प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खबर