प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ मा भारतको राजधानी नयाँ दिल्लीको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण १ असोजमा सम्पन्न हुनेछ।
यो भ्रमण छोटो भए पनि द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पुराना समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरू अघि बढाउने उद्देश्य राखिएको छ। भ्रमणअघिनै सीमा व्यवस्थापनसम्बन्धी गृहसचिवस्तरीय बैठक पनि दिल्लीमा बस्नेछ।
पछिल्लो समयमा उठेका सीमा विवाद, विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका प्रसंगले भ्रमणको सुरुवातमै प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
साथै, कात्तिकको पहिलो साता भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको आश्वासन पनि भारतले दिएको छ, जसमा मोदी काठमाडौं बाहेकका धार्मिक वा पर्यटकीय गन्तव्यमा आउने सम्भावना छ।




