अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध भ्रष्टाचार अनुसन्धानको माग गर्दै अख्तियारमै उजुरी

वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाउँदै अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता गरिएको छ। सिन्धुलीका युवराज पौडेलले ‘चयनात्मक अभियोजन’ र ‘दूषित निर्णय प्रक्रियामा संलग्नता’ को आधारमा राईमाथि तत्काल अनुसन्धान गरी मुद्दा दायर गर्न माग गरेका हुन्। वाइडबडी मुद्दाको पूर्णपाठमा विशेष अदालतले दोषीलाई छाड्ने र केहीलाई मात्र कारबाही गर्ने अख्तियारको रवैया नैतिक संकटपूर्ण रहेको टिप्पणी गरेको थियो। उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर