१२ साउन, रसुवा — धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्दै गर्दा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मोरङ विराटनगरका सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्।
गहिरो पानीमा पसेर स्नान गर्दा डुबेका आशंका गरिएको प्रहरीले जनाएको छ। खोजी कार्यलाई तीव्र बनाउँदै नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीलाई घटनास्थलमा पठाइएको छ।
सावधानी अपनाउने सन्देशसहित यो घटनाले तीर्थयात्राको जोखिमतर्फ पनि ध्यान दिलाएको छ।




