सर्लाही बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ — सर्लाही बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर भरतकुमार थापा सहित  तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो ।

२०८१ जेठ २९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा, ६ जनालाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

सोही मुद्दाको फैसला गर्दै थापासहित ३ जनालाई दोषी ठहर गरेको हो भने अरु ३ जना उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर