चीनमा प्रधानमन्त्री ओली र भियतनामी समकक्षीबीच द्विपक्षीय भेटवार्ता

१५ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा सोमबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा आपसी हितका विषयहरूमा छलफल भएको छ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने उद्देश्यले शनिबारदेखि चीन भ्रमणमा रहेका छन्। उनले यसअघि चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेटवार्ता गरेका थिए।

यस भेटलाई नेपाल–भियतनाम सम्बन्ध सुदृढीकरणको दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर