सुनको मूल्यमा ऐतिहासिक उछाल, प्रतितोला २ लाख १० हजार ४ सय

२० भदौ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य २५ सय रुपैयाँले वृद्धि भएको हो। बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सप्ताह दिनमै सुनको मूल्य करिब १० हजार रुपैयाँले बढेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ मात्र थियो।

प्रतिक्रिया
सम्बन्धित खबर