स्थानीय सरकारसँग समन्वयमा आजदेखि देशभर यातायात सञ्चालन

काठमाडौँ । जेनजीको आन्दोलनका कारण चार दिनदेखि रोकिएको सार्वजनिक यातायात शनिबारदेखि फेरि सञ्चालनमा आएको छ। मंगलबारदेखि उपत्यकाभर विरोध प्रदर्शन तीव्र भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँग समन्वय गरेर यातायात सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

उनका अनुसार, अहिले केन्द्रबाट निर्णय गर्ने अवस्था नभएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर लामो तथा छोटो दुरीका सबै सवारीसाधन सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर