चुच्चेपाटी भाटभटेनीमा आगलागीपछि ६ वटा मानव कंकाल फेला

२९ भदौ, काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा मानव कंकाल फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जलेको अवस्थामा भेटिएका शव पहिचान गर्न नसकिने बताउँदै डीएनए परीक्षणपछि मात्र परिचय खुल्ने जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रहरीको गोली लागी २१ जनाको मृत्यु भएको थियो । त्यसपछिको दिन भदौ २४ गते देशभर तोडफोड र आगजनी फैलिएको थियो ।

अहिलेसम्म जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा ५८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर