अरब सागर र बंगालको खाडिबाट जलवाष्पयुक्त हावा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । यससँगै अरब सागर र बंगालको खाडिबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली देखिएको छ । दिउँसोसमेत देशभर सामान्यतया बदली रहनेछ । यस क्रममा बागमती प्रदेश, लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर