४ अर्ब लगानीमा घोराहीमा ‘सञ्जीवनी शिक्षण अस्पताल’ सञ्चालनमा

दाङ, घोराही । दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा करिब ४ अर्ब रुपैयाँको लगानीमा स्थापित ‘सञ्जीवनी शिक्षण अस्पताल’ ले उपचार सेवा सुरु गरेको छ।

अस्पताल नेपालगन्जस्थित ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्स’ सञ्चालन गर्दै आएका खुमाप्रसाद अर्यालको एकल लगानीमा निर्माण भएको हो। उनी नै अस्पताल सञ्चालक समितिका अध्यक्ष पनि हुन्।

दाङ र आसपासका पहाडी जिल्लामा ५० बेडभन्दा बढी क्षमताको अस्पताल नभएकाले स्थानीय आवश्यकता र स्वास्थ्य अवस्थाको सर्भेपछि अस्पताल स्थापना गरिएको अर्यालले बताए।

यस परियोजनामा हिमालयन बैंक लिमिटेडकर्मचारी सञ्चय कोष ले संयुक्त रूपमा ऋण लगानी गरेका छन्।

अर्याल नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर), गण्डकी मेडिकल कलेज (पोखरा) र युनिभर्सल मेडिकल कलेज (भैरहवा) मा पनि साझेदार लगानीकर्ता रहेका छन्।

सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनसँगै राप्ती अञ्चल र आसपासका जिल्लावासीले काठमाडौँ धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर