काठमाडौँ । मुग्लिन–नारायणघाट सडक खण्ड अवरुद्ध भएपछि दसैँमा घर फर्किने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य रूपमा बढेको छ ।
सडकयात्रा असुरक्षित र कठिन भएपछि धेरै यात्रुहरूले हवाई मार्ग रोजेका छन् । यात्रु संख्या बढेसँगै विमान कम्पनीहरूले उडान बढाउनुका साथै भाडा पनि समायोजन गरेका छन् ।
मुग्लिन–नारायणघाट मात्र नभई अन्य प्रमुख राजमार्गमा समेत समस्या देखिएका कारण पर्वतिरा गन्तव्य जाने यात्रुहरूलाई असुविधा भएको छ । दसैँको बेला सडक सहज नहुँदा आम यात्रुहरू प्रभावित भएका छन् ।




