मौसम खराबीका कारण विराटनगर–काठमाडौं उडान पोखरा डाइभर्ट

१८ असोज, पोखरा । विराटनगरबाट काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि पोखरा डाइभर्ट गरिएको छ।

काठमाडौंको मौसम प्रतिकूल भएपछि ६९ जना यात्रु बोकेको विमानलाई पोखरा विमानस्थलमा अवतरण गराइएको हो। पोखरा विमानस्थल खुलेको हुँदा त्यहाँ अवतरण सहज भएको र जहाजलाई पुनः काठमाडौं पठाउने तयारी भइरहेको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन्।

उनका अनुसार हाल पोखराबाट काठमाडौं र भरतपुरतर्फ नियमित उडान सञ्चालन भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर