१८ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा पानीको बहाव बढ्दा बीपी राजमार्गका विभिन्न स्थानमा बनेका डाइभर्सन पुनः बगाएका छन्।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका ९ भन्दा बढी ठाउँमा कटान भएको छ। प्रभावित क्षेत्रमध्ये चौकीडाँडा (रोशी–नमोबुद्ध सिमाना), घुमाउने (रोशी–७), चारसयबेशी मुनी (रोशी–८), गिम्दीबेशी, स्याउलेबजार माथिल्लो भाग, नार्के र बोक्सीकुना (रोशी–९), डालाबेशी, बुलढुंगा (पिप्ले–डालाबेशी बीचको भाग), पिप्ले (रोशी–११) र माम्ती (रोशी–१२) प्रमुख रूपमा समावेश छन्।
कार्कीका अनुसार, ‘रोशी खोलाको तीव्र बहावले राजमार्गका डाइभर्सन बगाएको छ। हाल पिप्ले र बोक्सीकुनामा त पैदल हिँड्ने बाटो समेत छैन।’
यससँगै बीपी राजमार्गमा यातायात आवागमन ठप्प हुँदा यात्रुहरूलाई ठूलो समस्या परेको छ।




