इलाम पहिरोमा ३७ जनाको मृत्यु, सबैको सनाखत

बेपत्ता तीन जनाको शव फेला, अझै एकजना खोजीमा

फिक्कल (इलाम) — अविरल वर्षापछि गएको भीषण पहिरोमा इलाममा ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। यसअघि बेपत्ता रहेका तीन जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी एकनारायण कोइरालाले जानकारी दिए। अझै इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू बेपत्ता छन् र उनको खोजी जारी छ।

सनाखत भएका मृतकहरू

  • माईजोगमाई गाउँपालिका–६ : २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, ३ वर्षीय मुनुसा थेवे

  • माईजोगमाई–३ : ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी, १४ वर्षीया प्रकृति सोङमी

  • फाकफोकथुम–३ : २८ वर्षीय सुरेश लिम्बू

  • सूर्योदय नगरपालिका–१ : ६५ वर्षीया मनमाया क्षेत्री, १० वर्षीया रस्मिका क्षेत्री

  • इलाम नगरपालिका–६ : २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ, बिराज पाख्रिन तामाङ

  • देउमाई नगरपालिका–५ : २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू

  • देउमाई–३ : २८ वर्षीय कृष्ण मगर

  • माई नगरपालिका–५ : ८ वर्षीया प्रिन्सिखा मगर

  • माङसेबुङ–१ : ५७ वर्षीया कृष्णमाया लिम्बू, ५० वर्षीया माया लिम्बू

  • सन्दकपुर–१ : ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं, ४८ वर्षीया तारादेवी राई

अन्य जिल्लाका पीडित

  • झापा, अर्जुनधारा–६ : ३२ वर्षीया अनु तामाङ, ३० वर्षीय आवास दनुवार

  • पाँचथर, फाक्तेप : ९ वर्षीय सौजन लिम्बू, ११ वर्षीय सौगात लिम्बू

  • मिक्लाजुङ–६ : १७ वर्षीया नेहा राई

  • दोलखा : ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत, १२ वर्षीया दिव्या बस्नेत

उद्धार र राहत चुनौती

एसपी कोइरालाका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ। सडक अवरुद्ध, विद्युत् र इन्टरनेट समस्या हुँदा उद्धार र राहत कार्यमा कठिनाइ भए पनि प्रहरी र सुरक्षाकर्मीहरू सक्रिय रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर